News

Sep 8, 2008

सरकारलाई एमालेको पचास बुँदे सुझाव दिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले संसदमा ल्याउन लागेको आफ्नो नीति तथा कार्यक्रममा ५० बुँदा समावेश गर्नुपर्ने सुझाव राजनीतिक दलहरुको बैठकमा एमालेले दिँदै छ । सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन सरकारमा सहभागि दलहरुबीच छलफल हुनलागका बेला एमालेले नीति तथा कार्यक्रमका लागि ५० बुँदे सुझाव तयार गरेको छ । पार्टी केन्द्रीय कार्यलय बल्खुमा एक सातादेखि जारी केन्द्रीय कमिटी बैठकले तयार पारेको सुझावपत्रलाई सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भदौ २३ गते बेलुका हुनैलागेको दलहरुको बैठकमा एमालेले प्रस्तुत गर्दैछ । पार्टीका महासचिव झलनाथ खनालको नाममा तयार पारिएको सुझावपत्रमा ६ महिनाभित्र शान्तिप्रक्रियालाई पूर्णता दिइने, पञ्चशिल सिद्धान्तको आधारमा बिदेश नीति अख्तियार गरिने, तराईमा क्रियाशिल हतियारधारी समूहमध्ये राजनीतिकलाई वार्तामा ल्याइने तथा अपराधिकलाई कानुन बमोजिम कारवाही गरिने, अराजकता अन्त्य गर्नेलगायत बिषय सरकारको नीति तथा कार्यक्रममा पार्नुपर्ने उल्लेख छ । सरकारले भदौ २५ गतेको संसद बैठकमा राष्ट्रपति डा. रामवरण यादवमार्फत आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

No comments: