लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधारणको घरजग्गा कब्जा गर्न आफैं सक्रिय भएका भूमिसुधार मन्त्री मातृका यादवमाथि कारबाही गर्न नेकपा एमाले अनि नेपाली कांग्रेसले माग गरेका छन् । मन्त्री यादवको अगुवाइमा सिरहा जिल्लाको मिर्चैयामा निजी सम्पत्ति कबजा गरेकोप्रति एमाले र कांग्रेसले गम्भीर आपत्ति प्रकट गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्ति जारी गरी यी दुइ पार्टीले कानुन हातमा लिएर विधिको शासनको उपहास गरेको आरोप लगाएका छन् ।मन्त्रीजस्तो पदमा रहेर आफैं सक्रिय भइ निजी घरजग्गा कब्जा गर्ने काममा संलग्न मन्त्री यादवलाई कारबाही गर्न ती दलले सरकार र माओवादीलाई आग्रह गरेका छन् । मन्त्री यादवको उद्दण्डताले लोकतान्त्रिक मूल्य मान्यताप्रति सरकारले व्यक्त गरेको प्रतिवद्धता, नागरिक स्वतन्त्रता र शान्ति सुरक्षामा धक्का लागेको उनीहरुले जनाएका छन् । मिर्चैयामा रहेको स्थानीय वीरेन्द्र साहको जग्गा कब्जा गरी छाप्रो बनाउनेलाई गृहमन्त्रालयको निर्देशनमा हटाइएलगत्तै हतियारसहितका कार्यकर्ता सहित पुगेका मन्त्री यादवले पुन घर कब्जा गराएका थिए ।
No comments:
Post a Comment