News

Sep 17, 2008

प्रचण्ड भारतको सूचना प्रविधिको सहरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान भारतको सूचना प्रविधि सहरका रुपमा चर्चित बैंगलोर पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई कर्नाटक राज्यका उच्च शिक्षासम्बन्धी मन्त्री अरविन्द लिम्बाभालीले बैंगलोर विमानस्थलमा स्वागत गर्नुभएको थियो ।बैंगलोरमा प्रधानमन्त्री दाहालले भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान, भारतीय विज्ञान संस्थान तथा सूचना प्रविधि संस्था इन्फोसिस र विकोनको अध्ययन अवलोकन गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित पालम विमानस्थलमा भारतका गृहराज्यमन्त्री शकिल अहमदले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र जलस्रोतमन्त्री विष्णु पौडेल सहभागी हुनुहुन्छ ।

No comments: