News

Sep 17, 2008

सन् १९५० को मैत्री सन्धिको पुनरवलोकन कार्यप्रारम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन गर्नुपर्ने समय आएकाले यसका लागि सचिवस्तरीय संयुक्त समिति गठन गरी कार्यप्रारम्भ भएको बताउनुभएको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सन्धिका कुन प्रावधान वा विषयमा संशोधन वा पुनरवलोकन गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त सन्धि, सीमा समस्या, कोसी ब्यारेज, पेट्रोलियम पदार्थको आपूर्तिलगायतका विभिन्न विषयमा छलफल भएको र ठोस सहमतिमा दुवै देशका प्रधानमन्त्रीस्तरबाट संयुक्त विज्ञप्ति पनि जारी हुने जानकारी दिनुभयो ।कोसी तटबन्ध फुट्दा दुवै देशका लाखौँ जनता प्रभावित भएको, अर्बौं रुपियाँ बराबरको भौतिक संरचनाको क्षति भएकोतर्फ दुवै देशको ध्यानाकर्षण भएको र यसको तात्कालीक र दीर्घकालीन समाधानका उपायको खोजी दुवै पक्षबीच सहमतिका आधारमा भइरहेको उहाँले बताउनुभयो ।

No comments: