News

Sep 17, 2008

जापानले नेपाललाई ६० करोड ९१ लाख १० हजार अनुदान सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापान सरकारले नेपालका शिक्षा क्षेत्रका लागि करोडौं रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ । 'सबैका लागि शिक्षा' कार्यक्रम दोस्रो चरण कार्यान्वयनका लागि जापान सरकारले नेपाललाई ६० करोड ९१ लाख १० हजार बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको हो ।अनुदानसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थमन्त्रालयमा नेपालका लागि जापानी राजदूत तातसुओ मिजुनो र अर्थसचिव रामेश्वरप्रसाद खनालले हस्ताक्षर गर्नुभयो । अनुदान सहयोग बागलुङ, धादिङ, गुल्मी, कास्की, ललितपुर, पाल्पा, रूपन्देही र सुर्खेत जिल्लाका विभिन्न स्कुलहरूमा ३६० कक्षा कोठा, ३६२ शौचालय, ९० वटा पानी आपूर्ति एकाइ र ११ हजार ४२० सेट कक्षा कोठाको फर्निचर निर्माणमा खर्च गरिनेछ । उक्त अनुदान सहयोग रकम सन् २००९ मार्च ३१ तारिखसम्ममा प्राप्त हुने र यसलाई दुबै सरकारको आपसी सहमतिमा बढाउन सकिने अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जापान सरकारले सन् २००३ देखि यस कार्यक्रमका लागि सहयोग बढाउँदै आएको छ ।

No comments: