News

Sep 17, 2008

माओवादीले प्रश्नपत्र च्यातिदिएपछि आयोगको परीक्षा स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी कार्यकरताले प्रश्नपत्र च्यातिदिएपछि लोकसेवा आयोगको परीक्षा स्थगित भएको छ । ताप्लेजुङमा आफ्ना कार्यकर्तालाई एमाले कार्यकर्ताले सुनियोजित रुपमा हत्या गरेको भन्दै त्यसको विरोधमा माओवादीले मंगलबार पूर्व बन्द आह्वान गरेको थियो । बन्दका बेला परीक्षा सञ्चालन गर्न लागेको भन्दै माओवादीले प्रश्नपत्र च्यातेका हुन् ।माओवादी कार्यकर्ताले लोकसेवा आयोगको कार्यालय पूर्वाञ्चल धनकुटामा पुगेर प्रश्नपत्र खोसेर च्यातिदिएका थिए । त्यसपछि परीक्षा स्थगित गरिएको उक्त कार्यालयले जनाएको छ । प्राविधिक अहेवको परीक्षामा एक हजार १५७ जना परीक्षार्थीहरूले परीक्षामा सहभागी हुनका लागि परीक्षा फारम भरेको लोकसेवाले जनाएको छ ।माओवादी कार्यकर्ताले आयोगका क्षेत्रीय निर्देशक शिवनाथ सापकोटालाई नियन्त्रणमा समेत लिएका थिए । परीक्षा दिन पुगेका सयौं परीक्षार्थीहरु परीक्षा अचानक स्थगित गरिएपछि बिचल्लीमा परेका छन् ।

No comments: