News

Sep 13, 2008

कांग्रेसद्वारा रोस्ट्रम घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रजातन्त्र पुनः स्थापनापछि लामो समय सत्तामा बसेको नेपाली कांग्रेसले बालकुमारीमा प्रहरीले प्रदीप खड्काको हत्या गरेको विरोधमा शुक्रबार संसद्को रोस्ट्रम घेराउ गरेको छ। नेपाली कांग्रेसले व्यवस्थापिका-संसद्को बैठक प्रारम्भ हुनासाथ आपत्ति गरेपछि जलस्रोत मन्त्री विष्णु पौडेलले सरकारका तर्फाट जवाफ दिनुभएको थियो। तर जबाफबाट चित्त नबुझेपछि कांग्रेस सभासद्हरूले रोस्ट्रम घेराउ गरेका थिए।कांग्रेस सभासद्हरूको अवरोधका कारण सभामुख सुवास नेम्वाङले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो। बैठकपछि बसेको कार्यव्यवस्थाको बैठकमा हत्या सम्बन्धमा छानबिन गर्न न्यायिक आयोग गठन गर्ने, आयोगको सिफारिसमा पीडित परिवारलाई क्षतिपूर्ति दिने र दोषीलाई सजाय दिने कुरामा सरकारले सहमति जनाएपछि बैठक सुचारु भएको थियो।व्यवस्थापिका-संसद्को दोस्रो बैठकमा मन्त्री पौडेलले हत्या प्रकरणप्रति सरकारका तर्फाट दुःख व्यक्त गर्दै सरकारले कार्यव्यवस्था बैठकमा व्यक्त गरेका सहमति जानकारी गराउनुभएको थियो। उहाँले घटनाको विरोधका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न आदेश दिएको जानकारी गराउनुभयो।

No comments: