News

Sep 13, 2008

प्रधानमन्त्री र भारतीय राजदुतबीच भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय राजदुत राकेश सुदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । भारत भ्रमणको अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालस्थित भारतीय राजदुत राकेश सुदले भेटेका छन् । भदौ २८ गते सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा प्रधानमन्त्री र भारतीय राजदुतबीच आधा घण्टासम्म छलफल भएको थियो । छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग भारतीय राजदुत सुदले 'प्रधानमन्त्रीको भारत भ्रमणलाई राम्रो बनाउने तयारीका लागि भेट भएको' बताए । भारतीय राजदुतले नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कोसीलगायत बिभिन्न समस्यामा छलफल गर्ने पनि उल्लेख गरे । संचारकर्मीहरुको प्रश्नको उत्तरमा राजदुत सुदले सन् १९५० को नेपाल र भारतबीचको सन्धी पुनरावलोकनबारे पनि छलफल हुनसक्ने बताए ।

No comments: