News

Sep 13, 2008

हत्या’को विरोधमा उपत्यका तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीको कुटाइबाट आफना कार्यकर्ताको मृत्यु भएको भन्दै नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र स्थानीय संर्घष् समितिले आहवान गरेको शुक्रबारको उपत्यका बन्दको क्रममा राजधानीमा एक दर्जन सवारीसाधन तोडफोड भएका छन्। यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुइ दर्जनभन्दा बढी घाइते भएका छन्।ललितपुरको बालकुमारीस्थित कोटेश्वर पुलनजिक बिहीबार राति चेक गर्ने क्रममा प्रहरीले कुटपिट गर्दा उदयपुर स्थायी घर भएका ललितपुर इमाडोल बस्ने प्रदीप खड्काको मृत्यु भएको थियो।प्रहरीको कुटाइबाटै मृत्यु भएको आरोप लगाउँदै आहवान गरिएको बन्दका क्रममा बालकुमारी, ग्वार्को, लगनखेल, बाजालुलगायत उपत्यकाका विभिन्न क्याम्पस अघि व्यापक प्रदर्शन गरेका थिए।घटनाको छानबिन गरी बालकुमारी प्रभागका इन्चार्ज मोहनकुमार बानियाँलगायत ६ जना प्रहरीलाई कारबाही गरिनुपर्ने, मृतक खड्काका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, राज्यले जनताको सुरक्षाको प्रत्याभूति गराउनुपर्नेलगायत माग आन्दोलनकारीको रहेको छ।प्रहरीले प्रदर्शन नियन्त्रण गर्न बालकुमारी र शंकरदेव क्याम्पसअगाडि करिब दुइ दर्जन अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रहरीले करिब चार दर्जनलाई पक्राउ गरी दिउँसो छाडेको थियो।प्रहरी र प्रदर्शनकारीबीच शुक्रबार साँझसम्म भएको वार्तापछि दोषी प्रहरीलाई कारबाही गर्न जाहेरी दर्ता गर्ने सहमति भएपछि राति ७ बजे प्रदीपको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको थियो।घटनामा प्रहरी दोषी देखिए कारबाही गरिने बताउँदै ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक पशुपति उपाध्यायले हाल प्रहरी प्रभाग बालकुमारीमा रहेका इन्चार्ज बानियाँसहित ६ जनालाई परिसरमा नियन्त्रणमा राखिएको बताउनुभयो।शुक्रबार भएको बन्दका क्रममा उपत्यकाका सम्पूर्ण निजी विद्यालय, क्याम्पस बन्द भएका थिए।

No comments: