News

Sep 12, 2008

पाराओलम्पिकमा सहभागी हुन नेपाली खेलाडी बेइजिङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनमा हुने बेइजिङ पाराओलम्पिकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल त्यहाँ पुगेको छ । अपांगहरुको सहभागितामा हुने पाराओलम्पिकमा सहभागी हुन नेपाली खेलाडी जीतबहादुर खड्का सहितको टोली पुगेको हो । खड्का उक्त ओलम्पिकमा सहभागी हुने एकमात्र नेपाली खेलाडी हुन् ।आगामी असोज १ गतेसम्म सञ्चालन हुने अपाङ्गको सबैभन्दा ठूलो खेलमेला पाराओलम्पिकमा भाग लिन पुगेको नेपाली टोलीलाई त्यहाँस्थित नेपाली राजदूतावासले बिहीबार स्वागत कार्यक्रम आयोजना गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ । नेपाली टोली पाँच सदस्यीय रहेको छ ।नेपाली खेलाडी खड्काले सय मिटर दौडमा भदौ २९ गते प्रतिस्पर्धा गर्दछन् । उनी पाराओलम्पिक खेलकुद आयोजक कमिटीले दिने वाइल्ड कार्डका आधारमा प्रतियोगिताका लागि छनोट भएका हुन् । यसअघि सन् २००४ मा एथेन्समा आयोजित बाह्रौं पारालोम्पिक खेलकुदबाट नेपालले सहभागिता जनाउन सुरु गरेको हो । वाइल्ड कार्डकै आधारमा नेपालका तर्फबाट पहिलोपटक निर्मला ज्ञवालीले सटपुट थ्रोमा भाग लिएकी थिइन् ।

No comments: