News

Sep 12, 2008

अख्तियार भ्रष्टाचार भएको दुइ करोड रुपैयाँ असुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको यस अवधिसम्म भ्रष्टाचार सम्बन्धी विभिन्न दुइ हजार १ सय ३५ वटा मुद्दा फर्छयौट गरेको छ । ती मुद्दा फर्छयौटबाट आयोगले दुइ करोडभन्दा बढी रुपैयाँ असुल गरेको छ । आयोगमा आर्थिक वर्ष २०६४/६५ मा २ हजार ७ सय ३२ वटा मुद्दा परेका थिए ।आयोगले आफूले फर्छयौट गरेको मुद्दा लगायतका विषयमा राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदनमा उक्त विवरण खुलाइएको छ । प्रतिवेदनमा उक्त आवमा ७० वटा मुद्दा विशेष अदालतमा दायर गर्नका लागि निर्णय भएको, ६५ वटा मुद्दा विशेष अदालतमा दायर भएको र ती मुद्दामध्ये सबैभन्दा बढी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ५४ रहेको उल्लेख छ ।प्रतिवेदनमा आव ०६४/६५ मा करिब.दुइ करोड १२ लाख रुपैयाँको बिगो माग दाबी गरी मुद्दा दायर भएको र अनुसन्धानकै क्रममा करिब दुइ करोड रुपैयाँ असुली भएको उल्लेख छ ।

No comments: