News

Sep 9, 2008

मानव बेचबिखनविरुद्ध ऐन ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मानव बेचबिखनविरुद्ध सरकारले ऐन ल्याउने तयारी गरेको छ । यसका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले मानव बेचबिखनविरुद्ध ऐनको नियमावली ल्याउन आवश्यक मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको जनाएको छ ।मन्त्रालयले एक वर्षअघि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ल्याएको थियो । सोही ऐन कार्यान्वयनका लागि नियमावली ल्याउन मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको मन्त्रालयका सहसचिव ऋतुराज भण्डारीले बताउनुभयो ।ऐनमा मानव बेचबिखन गर्नेलाई कडा कारबाही गर्ने, पीडितलाई उचित संरक्षण दिनेजस्ता विषय दरिलोरूपमा समेटिएको जनाइएको छ । ऐनमा यौन व्यवसायका लागि हुने महिला बेचबिखनको सीमित घेराभन्दा माथि उठी कुनै पनि उद्देश्यले मानिस बेच्ने र किन्ने, कानुन बमोजिमबाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने, दास तुल्याउने, बाँधा बनाउने र श्रमशोषण गर्ने कामलाई अपराधको घेरामा ल्याइएको छ ।

No comments: