News

Sep 8, 2008

एक स्वास्थ्यकर्मीको अज्ञात समूहले गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहटका एक स्वास्थ्यकर्मीको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आइतबार राति खेसहरिया स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी सुरेश यादवलाई हतियारधारी समूहले गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा रहेका उनलाई एक्कासि गोली हानिएको प्रहरीले जनाएको छ ।उनको टाउकामा गोली लागेको थियो । तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । कसले किन गोली हानी हत्या गरेको भन्ने खुल्न सकेको छैन । तराइमा सशस्त्र संघर्षरत कुनै समूहको उक्त घटनामा संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । यादवसँग रहेका धर्मेन्द्र यादव घाइते भएका छन् ।यसैबीच, स्वास्थ्यकर्मी हत्याको विभिन्न स्थानका स्वास्थ्य कर्मचारीहरुले विरोध गरेका छन् । घटनाको निन्दा गर्दै उनीहरुले दोषीमाथि कारबाही माग गरेका छन् । साथै उनीहरुले सुरक्षाको प्रत्याभूति दिन सरकारसित माग गरेका छन् । रौतहटमा उनीहरुले विरोध प्रदर्शन गर्दै यातायात समते अवरुद्ध बनाएका छन् ।

No comments: