News

Sep 8, 2008

कोसी प्रभावले पूर्वमा मात्रै अर्बौंको नोक्सानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीको असर चौतर्फी परेको यथार्थ सबैका सामु छ । यसबाट अनेक क्षेत्रमा परेको प्रभावजस्तै उद्योग-व्यवसाय क्षेत्र पनि प्रमुख बनेको छ । यस क्षेत्रमा

अर्बौंको क्षति भएको अवस्था छ भने अझै पनि क्षतिको क्रम जारी रहेको छ । पूर्वाञ्चलका उद्योग-व्यापार क्षेत्रमा परेको असरका कारण मुलुकको कूल आर्थिक प्रगतिमा एकदेखि डेढ प्रतिशतले कमी हुने उद्योगीले बताएका छन् ।नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आयोजना गरेको कोसी कटानले उद्योग, व्यापार, यातायात तथा भन्सारमा पारेको प्रभावबारे छलफलमा उनीहरुले यस्तो बताएका हुन् । बाढीबाट पूर्वक्षेत्रमा आयात हुने अरबौं रुपैयाँको आयात घटेको, उद्योगमा रहेका तयारी मालमध्ये ७० देखि ७५ प्रतिशत थन्किएको र बिग्रिनसक्ने अवस्थामा रहेको जानकारी दिए । यस्तै मोरङ र सुनसरी क्षेत्रमा रहेका ५ सयभन्दा बढी उद्योगमध्ये २० प्रतिशत सञ्चालन भइरहेको र चाँडै राजमार्ग सुचारु नभएमा उद्योगमा कार्यरत ठूलो संख्यामा मजदुर बेरोजगार हुने सम्भावना धेरै रहेको पनि उद्योगीहरूले बताए । सभासद् मोती दुगडले लोडसेडिङलाई व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरणले टंकीसिनुवारीमा रहेको ३९ मेघावाटको मल्टीफ्यूल अविलम्ब सञ्चालन गरी उद्योगलाई राहत दिनुपर्ने बताउनुभयो । उहाँले सप्तकोसीमा आएको बाढी राष्ट्रिय विपत्ती हो भन्दै यसबाट प्रभावित उद्योगलाई राहत प्रदान गर्न आगामी बजेटमा विशेष व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभयो ।भन्सार कार्यालय, विराटनगरका प्रमुख श्याम दाहालले बाढीका कारण भन्सार महसुल र मूल्य अभिवृद्धिकर गरी करिब रू. दुइ अर्ब २१ करोड राजस्व सङ्कलन कम हुने तथ्यांक प्रस्तुत गर्नुभयो । पूर्व यातायात व्यवसायी सङ्घका उपाध्यक्ष भविस श्रेष्ठले मेची र कोसीमा एक हजार बस र ट्रक सञ्चालन हुने गरेकोमा अहिले भारतको बाटो भएर ३० देखि ४० वटा ट्रक र १० वटा बस दैनिक विराटननगरबाट पश्चिम गइरहेको छ भने यातायात क्षेत्रमा दैनिक रु.२५ देखि ३० लाख घाटा र चार हजार मजदुर प्रभावित भएको बताउनुभयो ।

No comments: