News

Sep 6, 2008

सभासदहरुले कोसीपीडितलाई भारतले क्षतिपूर्ति दिनुपर्नेमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी कटानले नेपाली गाउँ डुबानमा पारी हजारौंको बिचल्ली बनाएकोप्रति ध्यानाकर्षण गर्दै सभासदहरुले कोसीपीडितलाई भारतले क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएका छन् । सत्तारुढ दलका सभासदहरुले भारत सरकारबाट क्षतिपूर्ति दिलाउनका लागि सरकारसित माग गरेका छन् । उनीहरुले बाढीपीडितहरुलाई सक्दो सहयोग गर्दै पुनस्थापनाको व्यवस्था गर्न समेत माग गरेका छन् ।शुक्रबार सुरु भएको संविधानसभाको व्यवस्थापिका वैठकमा बोल्दै सभासदहरुले यस्तो माग गरेका हुन् । समासदहरुले कोसीको जस्तै घटना दोहोरिन नदिनका लागि महाकाली, गण्डकी र महली सागर लगायतका तटबन्धको सुरक्षामा ध्यान दिन र प्रतिरोधात्मक उपाय अपनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।संसद वैठकमा विशेष समय लिएर बोल्ने माओवादी र एमाले सभासदहरुले कोसी सम्झौताको त्रुटिका कारण पूर्वी तराइका गाउँ डुबानमा परेको भन्दै भारत सरकारको हेपाहा प्रवृत्ति र पूर्वर्ती सरकारको उदासिनताका कारण कोसी तटबन्ध फुटेको औंल्याएका थिए ।माओवादी सभासद सावित्रकीकुमार काफ्ले, एमाले सभासद भीम आचार्य, जनमोर्चाका चित्रबहादुर केसी लगायत सभासदले यस्तो कुरा उठाएका हुन् । सभासद केसीले प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कुनै पनि राष्ट्रघाती सन्धि सम्झौता नगर्न सचेत गराउनुभयो । उहाँले भारतको विस्तारवादी नीतिका अगाडि लम्पसार परेर देशविरोधी कुनै काम नगर्न ध्यानाकर्षण गराउनुभयो ।

No comments: