News

Sep 4, 2008

कोसी पिडितलाई दुई अर्व पचास करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी पिडितलाई राहत दिन दुई अर्व पचास करोड रुपैयाँ खर्च गर्ने तथा तत्काल ५० करोड रुपैयाँ निकाशा गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ ।मन्त्री परिषदको बैठकले कोसी पिडितको राहतका निम्ति दुई अर्व ५० करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । भदौ १९ गते सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा भएको मन्त्री परिषदको बैठकले दुई अर्व ५० करोड रुपैयाँ तीन चरणमा निकाशा गरेर खर्च गर्ने र तत्काल ५० करोड रुपैयाँ निकाशा गर्ने निर्णय भएको बैठकपछि संचारकर्मीहरुसँग संचारमन्त्री कृष्णबहादुर महराले बताए । मन्त्री महराले कोसी पिडितको राहतका लागि युरोपियन युनियनले दिने भनेको ६ अर्व रुपैयाँ अनुदानलाई बैठकले स्विकार्ने निर्णय गरेको पनि जानकारी दिए । मन्त्री महराका अनुसार कोसीले क्षति पुर्‍याएका सुनसरीका कुसुवाहा, श्रीपुर, हरिपुर, लौकही, बसन्तपुर, मधुवन, नरसिंह, फौदाहालाई मन्त्रीपरिषद बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरेको पनि बताए । यसअघि, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सुनसरीका पाँच गाविसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको उल्लेख गरेका थिए । मन्त्री पोखरेलले कोसी पिडितको राहतका लागि उपप्रधानमन्त्री बामदेव गौतमको संयोजकत्वमा तीन सदस्यीय मन्त्रीस्तरीय समिति गठन गरेको जानकारी दिइसकेका थिए । संचारमन्त्री महराले राहत अनुगमनका लागि स्थानीय स्तरमा समेत अनुगमन समिति गठन गर्ने निर्णय भएको जानकारी दिए । आजको मन्त्रीपरिषद बैठकले परराष्ट्र मन्त्री उपेन्द्र यादवको सल्लाहाकारमा श्यामानन्द सुमनलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

No comments: