News

Sep 12, 2008

पक्राउ तिब्बतीबारे राष्ट्रसंघले छानबिन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित चिनियाँ दूतावास, कन्सुलर शाखा र अन्य स्थानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका तिब्बती शरणार्थी हुन् कि होइनन् भनेर नेपालस्थित
राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयले छानबिन गर्नेभएको छ ।स्वतन्त्र तिब्बतको माग गर्दै प्रदर्शनमा संलग्न १ सय ६ जना तिब्बतीलाई प्रहरीले पक्राउ गरी कारवाहीका लागि अध्यागमन विभागमा बुझाएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गृहमन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहमति भएको गृह मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले जानकारी दिनुभयो ।उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले केही दिनअघि नेपालमा प्रदर्शन गरिरहेका तिब्बतीलाई आफ्ना त्यस्ता क्रियाकलाप रोक्न आग्रह गर्दै अटेर गर्ने तिब्बतीलाई उनीहरूकै देश फर्काउने चेतावनी दिनुभएको थियो ।दिनहुँजसो प्रदर्शन गर्ने ती तिब्बतीलाई प्रहरीले पक्राउ गर्ने र छाड्ने गर्दैआएको थियो । गृह प्रवक्ता डोटेलले राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले शरणार्थी हुन् भनेर प्रमाणित गरिएकालाई मात्र नेपालमा आश्रय दिइने र अन्यलाई उनीहरूकै गन्तव्यमा पठाइने बताउनुभयो ।

No comments: