News

Sep 12, 2008

वार्तामा बस्न ज्वाला सिंहकी छोरीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र संघर्ष गरिरहेको जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वाला सिँह का अध्यक्ष नागेन्द्र पासवान अर्थात ज्वाला सिंहलाई उनकी जेठी छोरी रीनाले हतियार बिसाएर सरकारसंग वार्तामा बस्न आग्रह गरेकी छन् । सञ्चारकर्मी रहेकी २४ वर्षीया रीनाले पर्साको वीरगन्जमा स्थानीय सञ्चारकर्मीसित कुरा गर्दै यस्तो आग्रह गरेकी हुन् ।तराइमा सशस्त्र संघर्षरत सबै भूमिगत समूहलाई वार्ताद्वारा आफ्ना माग पुरा गराउन उनले आग्रह गरेकी छन् । विभिन्न भूमिगत समूहद्वारा मधेसमा कार्यरत सञ्चारकर्मीलाई आफ्नो इच्छाअनुसार समाचार सम्प्रेषण गर्न गरिएको दवाव गलत रहेको भन्दै उनले सञ्चारकर्मीले आफ्नो दायित्व स्वतन्त्रतापूर्वक निर्वाह गर्न पाउनुपर्ने धारणा व्यक्त गरिन् ।

No comments: