News

Sep 6, 2008

मुम्बइ विस्फोटका दुइ अभियुक्त काठमाडौंमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको मुम्बइ सहरमा १६ वर्षअघि भएको शृंखलावद्ध विस्फोटका घटनामा संलग्न रहेका दुइजना भारतीयलाई नेपाल प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । उनीहरुलाई पक्राउपछि भारतलाई हस्तान्तरण गरिएको छ । ती दुबै अभियुक्तको नाम प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको रेड कर्नर नोटिसमा राखिएको थियो ।पक्राउ पर्नेमा सलिम अब्दुल गानी गाजी पनि भनिने अस्फाक अहमद शाह र अहमद लोन पनि भनिने रियाज अहमद खत्री रहेको प्रहरीको अपराध महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालले जानकारी दिनुभएको छ । खत्री कुख्यात भारतीय दाउद इब्राहिमका चालक रहेको बताइएको छ ।काठमाडौंमा पस्मिना र म्यानवापर व्यवसायमा संलग्न रही उनीहरु बस्दैआएका थिए । पक्राउपछि दुवैलाई भारतीय सीबीआइका अधिकृतसमक्ष जिम्मा लगाइएको हो । सन १९९३ को मार्च १२ मा मुम्बइको मध्य र उत्तरी क्षेत्रका बान्द्रा, माहिम र खार लगायत १३ स्थानमा गराइएको विस्फोटमा परी २ सय ५७ जना मारिएका थिए । सात सय १३ जना घाइते भएका थिए ।

No comments: