News

Sep 6, 2008

प्रधानमन्त्रीको भारत भ्रमण तय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले यही भदौ २९ देखि असोज २ गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतको पाँचदिने भ्रमणका लागि भदौ २९ गते प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट प्रस्थान गर्ने भए पनि उहाँका साथ को-को जाने भन्ने निर्णय भने भइसकेको छैन।भ्रमणका क्रममा भारतसँग छलफल गरिने एजेन्डाका विषयमा अहिले गृहकार्य भइरहेको परराष्ट्रस्रोतले बताएको छ। स्रोतका अनुसार कोसीबाँध समस्या, खाद्यसंकट र पेट्रोलियम पदार्थको अभावका विषयमा भारतसँग विशेष महत्त्वका साथ छलफल गरिनेछ।पाँचदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री डा.मनमोहन सिंह, विदेशमन्त्री प्रणव मुखर्जीलगायत भारतका अन्य शीष नेताहरूसँग भेटघाट गर्नुहुनेछ।प्रचण्ड प्रधानमन्त्री भएपछि भारतको पहिलो पटक भ्रमण गर्न लाग्नुभएको हो। यसभन्दा अगाडि उहाँले प्रधानमन्त्रीको रूपमा चीनको अनौपचारिक भ्रमण गर्नुभएको थियो। भारत भ्रमणबाट र्फर्केपछि प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन सेप्टेम्बर अन्तिम साता अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको छ।

No comments: