News

Sep 16, 2008

लिम्बुवान क्षेत्र बन्दका कारण जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओबादीले आहृवान गरेको लिम्बुवान क्षेत्र बन्दका कारण मंगलबार त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । एमाले कार्यकर्ताले आफ्नो कार्यकर्ताको योजनाबद्ध ढंगले हत्या गरेको भन्दै माओवादीले धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायत जिल्लामा बन्दको आहृवान गरेको हो ।बन्दका कारण धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र भोजपुरलगायतका जिल्लामा यातायात, शिक्षण संस्था, बजार, उद्योगधन्दा प्रभावित भएका छन् । एमाले कार्यकर्ताले आइतवार नेकपा माओबादी जिल्ला संगठन समिति ताप्लेजुङका सल्लाकार लक्ष्मीप्रसाद बेनमको हत्या गरेको भन्दै माओबादीले लिम्बुवान क्षेत्र बन्दको आहृवान गरेको हो ।

No comments: