News

Sep 16, 2008

साउदी अरेबिया सरकारले ५६ जना नेपालीलाई आममाफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउदी अरेबिया सरकारले ५६ जना नेपालीलाई आममाफी दिएको छ । मुस्लिम समुदायको महान पर्व रमजानका अवसरमा उनीहरुलाई माफी दिइएको हो । उनीहरुले विभिन्न अभियोगमा काट्दै आएको सजायको तीन चौथाइ अवधि पूरा गरिसकेको बताइएको छ । यसअघि पनि २२ नेपालीलाई आममाफी दिइएको थियो ।साउदीको रियाद र अन्य जेलमा रहेकामध्ये ती नेपालीले आममाफी पाएको रियादमा रहेका नेपाली राजदूत हमिद अन्सारीले सञ्चारमाध्यमहरुलाई बताउनुभएको छ । सामान्य अभियोगमा थुना परेर एक वर्ष जेल तोकिएकामा नौ महिना सजाय काटिसकेकालाई माफी दिइएको बताइएको छ ।

No comments: