News

Sep 12, 2008

सहयोग गर्न बालबालिकासँग आग्रह - राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा दिगो शान्ति आफनो प्रमुख प्राथमिकता भएकाले त्यसका लागि सहयोग गर्न बालबालिकासँग आग्रह गर्नुभएको छ। आफनै कार्यालय शीतलनिवासमा बिहीबार बालबालिकाहरूसँगको अन्तरक्रियामा उहाँले मुलुकमा दिगो शान्ति कायम गर्न आफनो बाँकी जीवन पूर्ण रूपमा र्समर्पण गर्ने उल्लेख गर्नुभयो। हामीले भोगेका दुःख तपाईंहरूले भोग्न नपरोस्’ बालबालिकाका बीचमा भावुक बन्दै राष्ट्रपतिले भन्नुभयो- म त ६५ वर्षो बूढो भइसकेँ, अब राष्ट्रको जिम्मेवारी तपाईंहरूले लिनुपर्छ।’देशभरका १५ वर्षन्दा कम उमेरका करिब २ सय बालबालिका आफना राष्ट्रपतिसँग जिज्ञासा राख्न पुगेका थिए। उनीहरूले नयाँ बन्ने संविधानमा आफना अधिकार सुरक्षित बनाउन आग्रह गर्दै राष्ट्रपतिका व्यक्तिगत रुचिदेखि राष्ट्रिय राजनीतिका विभिन्न विषयमा प्रश्न राखेका थिए।भेटका लागि द्वन्द्वबाट प्रभावित विस्थापित, विभिन्न जाति, वर्ग र क्षेत्रका बालबालिकाहरू गएका थिए। उनीहरूले आफू र आफना समुदाय र क्षेत्रमा भोग्नुपरेका समस्यालगायतका विषयमा राष्ट्रपतिसँग जिज्ञासा राखेका थिए भने राष्ट्रपतिले पनि प्रत्येक जिज्ञासालाई करिब २ घण्टा लगाएर जवाफ दिनुभएको थियो।तपाईं नेपालको पहिलो राष्ट्रपति बन्नुभयो, यो अवस्थासम्म आउनका लागि के-के गर्नुभयो र भविष्यमा के गर्नुहुन्छ भन्ने बालक अलि मियाको जिज्ञासामा राष्ट्रपतिले आफनो अतीत स्मरण गर्दै भन्नुभयो- ँम त सामान्य किसानको छोरो १६ वर्षेखि बल्ल पढ्न थालेको हुँ।’ २०१५ सालको चुनाव हुँदा म भैंसी चराउन गएको बेला भैंसीलाई वनमा छोडेर चुनाव हेन गएको थिएँ। त्यसै बेलादेखि जानेर नजानेर राजनीतिमा चासो बढ्दै गएको हो।उहाँले अहिलेसम्म आइपुग्दा डाक्टर बनी बिरामीको सेवा गर्नेदेखि स्वतन्त्रताका लागि जेलनेल भोग्नेसम्मका विभिन्न रमाइला र दुःखद क्षण बिताएको बताउनुभयो।बालबालिकाको हितका लागि संविधानमा के व्यवस्था हुन्छ भन्ने अधिकांश बालबालिकाको जिज्ञासा मेटाउँदै उहाँले संविधानमा बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाको राज्यले नै जिम्मा लिनुपर्ने संवैधानिक व्यवस्था हुनुपर्ने आफनो सोच रहेको बताउनुभयो।मुलुक संघात्मक गणतन्त्रमा जाने निश्चित भइरहेका बेला राष्ट्रपति डा. यादवले जातीय आधारमा राज्य विभाजन गर्न नहुने बताउनुभयो। सबैलाई समान अवसर हुने र उत्तिकै सम्मान महसुस हुने गरी राज्यको संरचना निर्माण गरिनुपर्ने धारणासमेत राष्ट्रपतिले बालबालिकासमक्ष राख्नुभयो।

No comments: