News

Sep 15, 2008

'जनताका लागि मन्त्री पद त्याग्न तयार - मात्रिका यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भूमिसुधार तथा व्यबस्था मन्त्री एवं माओवादीका केन्द्रिय सदस्य मात्रिका यादवले जनताको बिपक्षमा निर्णय गरिए मन्त्री र पार्टी दुबैको पद त्याग्ने चेतावनी दिनुभएको छ । सिराहाको मिर्चैयामा माओबादी कब्जामा रहेको जमिनमा सुकुम्बासीहरुले बनाएको घरटहरा सुरक्षाकर्मीले भत्काएपछि सोमबार स्थलगत अवलोकनका लागि पुगेका यादवले गृहमन्त्रीले जनताको विपक्षमा नाङ्गो नाच देखाएको आरोप पनि लगाउनुभयो ।मिर्चैयामा आयोजित पत्रकार सम्मलेनमा सुरक्षाकर्मीले भत्काएको घर टहराको पुननिर्माणको आफुले नेतृत्व लिने र त्यसमा अवरोध गरिए जनताले प्रतिकार गर्ने समेत चेतावनी दिनुभयो । उहाँले रोल्पा रुकुम लगायतका पश्चिम जिल्लाहरुबाट जनयुद्धको सुरुवात भएको स्मरण गर्दै जनतामाथि दमन गरिए सिराहाबाट अर्को जनयुद्ध शुरु हुने चेतावनी दिनुभये । यसैवीच, आफुले कब्जामा लिइ सर्वसाधारणको घरजग्गामा बनाएको टहरा प्रहरीले भत्काएपछि त्यसको बिरोधमा नेकपा माओबादीले सिराहा बन्दको आव्हान गरेको छ । माओवादी कार्यकर्ता तथा भूमिहिनहरु माथि प्रहरीले गरेको दमन गरको भन्दै बन्दको आव्हान गरेको थियो । सिरहाको रामनगर मिर्चैया-३ स्थित माओवादीले कब्जा गरी भूमिहिनलाई वितरण गरिएको घरजग्गा गृहमन्त्रीको निर्देशन अनुसार खाली गराउने क्रममा आइतबार राति प्रहरी र माओवादीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरी नायव उपरिक्षक सहकुल थापा, प्रहरी निरिक्षक महेन्द्र कार्की लगायतका १० जना प्रहरी र माओवादी इन्चार्ज दिलिप साह सहितका आठजना घाइते भएका थिए ।

No comments: