News

Sep 15, 2008

परम्परागत संसदीय व्यवस्था अस्वीकार्य भन्ने गम्भीर चुनौति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र्र पौडेलले परम्परागत संसदीय व्यवस्था अस्वीकार्य भन्ने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ लोकतन्त्रका लागि गम्भीर चुनौति भएको बताउनुभएको छ । प्रधानमन्त्रीको भनाइले अब नेपालको राजनीतिमा नयाँ बहसको थालनी भएको उल्लेख गर्दै उपसभापति पौडेलले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्र हुने भएकोले यस्को संरक्षणको लागि सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एकजुट हुन आग्रह गर्नुभयो । नेपाल मानव अधिकार संगठनको ११ औं राष्टिय सम्मेलनको राजधानीमा सोमबार उदघाटन गर्दै पौडेलले संसदीय प्रजतन्त्रकाविरुद्ध उग्र बामपन्थी समूहबाट आक्रमण भएको टिप्पणी पनि गर्नुभयो । उपसभापति पौडेलले माओवादीले पोलपोट शैलीमा साम्यावादमा जाने रणनीति बनाएको पनि बताउनुभयो । संसदीय प्रजातन्त्रमाथि आएका यो चुनौतिको नेपाली कांग्रेस सामाना गर्न तयार रहेको बताउदै पौडेलले सबै प्रजातन्त्रवादी शक्तिहरुलाई एकजुट हुन आग्रह पनि गर्नुभये । लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्रको भएको उल्लेख गर्दै उहाँले संसदीय लोकतन्त्रमा कुनै कमजोरी देखापरेमा त्यसलाई सच्याएर उत्तम लोकतन्त्र बनाउन सकिने बताउनुभयो । उहाँले राजनीतिक दलहरु अहिले युवा संगठनलाई परिचालन गरेर लडाकु दस्ता तयार पार्न लागेको बताउदै यस्तो कार्य प्रजातन्त्रको खिलापमा रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले कांग्रेसको तरुण दलले पनि त्यस्तो दस्ता तयार पारेको कुरा चर्चामा आए पनि नेपाली कांग्रेसको त्यस्तो कुनै योजना नरहेको स्पष्ट पार्नुभयो ।पूर्ण लोकतन्त्रमा मात्र मानवअधिकारको संरक्षण हुने भएकाले संसदको संरचनामा मानवअधिको पक्षमा नलाग्नेहरुको बाहुल्यता देखिएकाले यतिबेला मानवअधिकारवादी पनि बढी सजग हुनुपर्ने बताउनुभयो ।

No comments: