News

Sep 17, 2008

नौमुरे परियोजना निर्माण गर्न भारतले सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मागको तुलनामा विद्युत् उत्पादन कम भई लोडसेडिङ भइरहेको अवस्थामा भारतले प्रस्तावित नौमुरे जलाशययुक्त जलविद्युत् परियोजनाको निर्माण गर्न सहमति जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अवसरमा सो परियोजना निर्माण गर्न भारतले सहमति जनाएको हो। दुवै देशका प्रधानमन्त्रीले बुधबार जारी गरेको २२ बुँदे संयुक्त घोषणामा सो कुरा उल्लेख छ।यो सहमतिसँगै २ सय ४५ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना भारतको सहयोगमा निर्माण हुने भएको छ। यसअघि नेपाल सरकारले भारतीय राजदूतावासमार्फ नौमुरे अघि बढाउन औपचारिक रूपमा पत्र पर्ठाई आग्रह गरेको थियो।दुइ वर्षघि नेपाल तथा भारतीय अधिकारीबीच काठमाडौंमा भएको छलफलमा नौमुरेका लागि आवश्यक वित्तीय सहयोग प्रदान गर्ने सैद्धान्तिक सहमति भएको थियो।प्युठान जिल्लाको राप्ती नदीमा निर्माण हुने यो आयोजनाको नेपाल विद्युत् प्राधिकरण, जीटीजेड सिंचाइ विभागले प्रारम्भिक अध्ययन गरेका थिए। सो अध्ययनअनुसार अनुमानित लागत मूल्य २५ अर्ब रुपियाँ देखाइएको छ।

No comments: