News

Sep 6, 2008

कोसी तटबन्ध नियन्त्रण कार्य जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको तटबन्ध फुटेको स्थानमा भारतीय प्राविधिकले नियन्त्रणको काम जारी राखेका छन् । तटबन्ध भत्किएको करिब दुइ सातापछि उनीहरुले नियन्त्रणको कार्य तीव्र पारेका हुन् । तर नियन्त्रण कार्य पर्याप्त हुन नसकेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।तारजाली, नाइलनको डोरीजस्ता सामग्रीको सहायताले नियन्त्रणको प्रयास भइरहेको हो । कोसी नदीमा पानीको बहाव केही कम भएको छ । यसले गर्दा नियन्त्रण कार्यमा केही सजिलो भएको छ । शुक्रवार १ लाख १५ हजार ३ सय क्यूसेक पानीको बहाव रहेको कोसी व्यारेजस्थित कार्यालयले जनाएको छ ।

No comments: