News

Sep 6, 2008

नेपाली कांग्रेसको महाधिवेशन आगामी वर्षको जेठभित्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रतिपक्षमा बस्ने निधो गरेको नेपाली कांग्रेसको महाधिवेशन आगामी वर्षको जेठभित्र हुने पार्टीका महामन्त्री विमलेन्द्र निधिले बताउनुभएको छ । गृहनगर धनुषाको जनकपुर पुग्नुभएका निधिले सञ्चारकर्मीसित कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो । हाल पार्टीमा उठिरहेका विभिन्न खाले प्रश्नहरुको जवाफ खोज्नका लागि महाधिवेशन गर्न लागिएको उहाँले बताउनुभयो ।माओवादीको सर्वसत्तावादी सोचका कारण गठबन्धनकारी दलहरुबीच आन्तरिक हलह उत्पन्न भएको भन्दै निधिले यस्तो अवस्थाले भविष्यमा नकारात्मक प्रभाव पार्छ भन्नुभयो ।

No comments: