News

Sep 13, 2008

प्रचण्डद्वारा दरवार हत्याकाण्ड स्थलको निरीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल - प्रचण्डले स्व. राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरवार हत्याकाण्ड स्थलको आज निरीक्षण गर्नुभएको छ। नारायणहिटी राजदरवारको निरीक्षणको क्रममा त्यहाँ पुग्नुभएका प्रचण्डले राजा वीरेन्द्र र उनको परिवार मारिएको स्थानबारे त्यहाँका कर्मचारी र सुरक्षाकर्मीहरुबाट जानकारी लिएका थिए। उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा र सामान्य प्रशासनमन्त्री पम्फा भुसालसहित त्यहाँ पुग्नुभएका प्रचण्डले त्रिभूवन सदन, कास्की सदन र लमजुङ सदनलगायत नारायणीहिटी राजदरवारको विभिन्न भागहरुको निरीक्षण गर्नुभएको थियो।
दरवार हत्याकाण्ड भएको त्रिभूवन सदन भने ज्ञानेन्द्र राजा भएपछि भत्काइएका थिए। नेपालमा राजतन्त्रको विधिवत अन्त्य भएपछि सरकारले नारायणहिटी राजदरवारलाई संग्रहालयको रुपमा प्रयोग गरिने निर्णय गरेको छ।

No comments: