News

Sep 10, 2008

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक भएको तथा त्यसको कार्यन्वयनमा जोड दिनुपर्ने एमाले महासचिव झलनाथ खनालले बताएका छन् । एमाले महासचिव झलनाथ खनालले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको र त्यो लागु’ हुन्छ या हुन्न भन्ने हेर्न बाँकि रहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको साता लामो बैठकका निर्णय सार्वजनिक गर्न भदौ २५ गते पार्टी केन्द्रीय कार्यलय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले संसदमा प्रस्तुत नीति तथा कार्यक्रमलाई सरकारले लागु’ गरे माओवादीसँगको सहकार्यको आयु’ पनि लामो हुने उल्लेख गरे । पार्टी केन्द्रीय कमिटीले नीति तथा कार्यक्रममा समावेश गर्न दिएका ५० बुँदे सुझाव आज प्रस्तुत नीति तथा कार्यक्रममा परेको पनि उनले दावी गरे ।
केन्द्रीय कमिटी बैठकका निर्णयहरुबारे जानकारी दिदै एमाले महासचिव खनालले पार्टी संगठनको बिकाश र सदस्यता नविकरणका निम्ति समय अपुग भएकाले पार्टीको महाधिवेशन मंशीरबाट फागुन ५-१० मा सारिएको बताए । राष्ट्रिय राजनीतिमा लाग्न’परेका कारण महाधिवेशन तयारीमा लाग्न नपाएको उल्लेख गर्दै खनालले फागुनमा भने महाधिवेशन कुनै हालतमा गरिने दृढता ब्यक्त गरे । 'केन्द्रीय कमिटी बैठकले पार्टीले पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टी नेतृत्वले खेलेको भूमिकालाई सही ठहर्‍याएको छ' खनालले भने ।
युथ फोर्सलाई अझै बिस्तार गर्ने तथा त्यसको संगठनात्मक ढाँचा सुधार गर्ने पार्टीको निर्णयको बचाउ गर्दै महासचिव खनालले वाईसीएलको दमन बन्द हुने हो भने मात्र युथ फोर्सको आवश्यक्ता नरहने धारणा राखे । युथ फोर्सले कानुन हातमा नलिने बताउदै खनालले भने, 'युथ फोर्स दमनको प्रतिकारका लागि मात्र बनेको हो ।' माओवादीसँग सहकार्य गर्दै बैचारिक संघर्ष जारी राख्ने तथा उसको गलत क्रियाकलापको प्रतिकार गर्ने र नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको सहयात्री भएकाले उसँगको सहकार्यमा जोड दिने नीति केन्द्रीय कमिटीको बैठकले पारित गरेको पनि खनालको भनाइ थियो । 'पार्टी अब एकताबद्ध हुनेछ तथा चुस्त बन्नेछ' महासचिव खनालले भने ।

No comments: