News

Sep 6, 2008

प्रधानमन्त्रीको संयोजकत्वमा नियुक्ति समिति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्नका लागि सत्तारुढ प्रमुख दल नेकपा माओवादीले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त पार्टीको केन्द्रिय समिति वैठकमा यो समिति गठन गरिएको हो ।समितिमा मोहन वैद्य, बाबुराम भट्टराइ, रामबहादुर थापा र पोष्टबहादुर बोगटी रहेका छन् । उक्त समितिले सरकार मातहतका विभिन्न निकायहरुमा गरिने राजनीतिक नियुक्तिबारे छलफल र निर्णय गर्ने जनाइएको छ । केन्द्रिय समिति वैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सम्बन्धमा पनि छलफल भएको थियो । नेताहरुले भारतसँगका असमान सन्धि, सम्झौताबारे प्रभावकारी कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

No comments: