News

Sep 7, 2008

कोसी नदीको पीडितहरुलाई सहयोग व्यवस्थित गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी नदीको कटानबाट पीडित बनेका सुनसरीका बासिन्दालाई भनी आएको सहयोग व्यवस्थित गरिने परराष्ट्रमन्त्री उपेन्द्र यादवले बताउनुभएको छ । राहत र रकम व्यवस्थित नभएको गुनासो आइरहेका बेला उहाँले प्रभावित क्षेत्रको भ्रमणपछि यस्तो बताउनुभएको हो । वास्तविक पीडितलाई मात्र सहयोग मिलोस् भनेर सरकार सचेत रहेको उहाँको भनाइ थियो ।पीडितले सहयोग पाए/नपाएकोबारे अनुगमन गर्न सरकारले अनुगमन र मुल्याङ्कन समिति बनाएको जानकारी दिदैं यादवले बाढीपिडितलाई आएको रकम कुनै पनि हालतमा दुरुपयोग नहुने दाबी गर्नुभयो । यदि दुरुपयोग गरिए सम्बन्धितलाई कारबाही गरिने समेत उहाँको भनाइ थियो । सरकारका सबै अंगलाई बाढी पीडितका क्षेत्रमा काम गर्न परिचालन गरिएको भन्दै यादवले पीडितका गुनासालाई स्थानीय तह र नभए केन्द्रबाट समाधानको प्रयास गरिने उल्लेख गर्नुभयो । कोसी कटानबाट भएको वास्तविक क्षतिको मूल्यांकन प्रक्रिया सुरु भइसकेको जानकारी पनि परराष्ट्रमन्त्री यादवले दिनुभएको छ ।

No comments: