News

Sep 15, 2008

रात्री ब्यवसायीको आठ माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानुनले तोके अनुसार रात्री ब्यवसाय चलाउन पाउनुपर्ने माग गर्दै ब्यवसायी र कामदारले उप प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमलाई ज्ञापनपत्र बुझाएका छन् । रात्री रेष्टुरेन्ट र बारका ब्यवसायी र कामदारले प्रहरीको कडाइका कारण ब्यवसायमा आफूलाई परेको अप्ठ्यारोबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमलाई ज्ञापनपत्र बुझाएका छन् । भदौ ३० गते दिउँसो सिंहदरवारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका 'नेपाल रात्री उद्योग ब्यवसायी संघ' का प्रतिनिधिलाई गृहमन्त्री गौतमले मागका बारेमा तीन दिनभित्र जवाफ दिने वचन दिएको संघका अध्यक्ष समीर गुरुङले जानकारी दिए । संघले कानुन अनुसार रात्री ब्यवसाय संचालन गर्न पाउनुपर्ने आठ माग पेश गरेको छ ।नयाँ सरकारको निर्देशन अनुसार प्रहरीले काठमाडौंमा राती ११ बजेसम्म मात्र रेष्टुरेन्ट संचालन गर्न पाउने, नाङ्गो नाच बन्द गर्नुपर्ने अभियान चलाएको छ । जसका कारण रात्री ब्यवसायमा संलग्न ब्यवसायी र कामदार गृहमन्त्री बामदेव गौतमसँग असन्तुष्ट भएका छन् । संघको आह्वानमा गौतमलाई ज्ञापनपत्र दिन जाँदा सयौं ब्यवसायी र कामदारको बिरोध जुलुशले राजधानीका बिभिन्न भाग परिक्रमा गरेको थियो ।

No comments: