News

Sep 10, 2008

सातादेखिको बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी कार्यकर्ताले सर्वसाधारणको घरजग्गा कब्जा गरेको विरोधमा मधेसी जनअधिकार फोरमले गरेको अनिश्चितकालीन बन्दका कारण सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायात बन्दले उक्त जिल्ला मात्र नभइ अन्यत्रबाट सिरहा हुँदै आउजाउ गर्ने हजारौं यात्रुहरु प्रभावित भएका छन् ।यातायात बन्द एक सातादेखि जारी छ । राजमार्गमा सवारी साधन चल्न पाएका छैनन् । छोटो दूरीका साधन पनि चलेका छैनन् । स्थानीय प्रशासनले रातिको समयमा कफर्यु लगाउँदै आए पनि अवस्था सुध्रिएको छैन । रातिको समयमा सवारी साधन आरपार गराउन प्रशासनले कफर्यु लगाएको हो ।माओवादी कार्यकर्ताले उक्त जिल्लाको रामनगर मिर्चैयास्थित वीरेन्द्र साहको घरजग्गा कब्जा गरेको अनि विपन्नलाई वितरण गरेको जनाउँदै आएको छ । यसैको विरोधमा फोरम कार्यकर्ताले गत भदौ १९ गतेदेखि अनिश्चितकालीन बन्द गर्दै आएका छन् । विरोधका क्रममा माओवादी कार्यकर्ता र फोरम कार्यकर्ताबीच झडप समेत भइसकेको छ ।

No comments: