News

Sep 10, 2008

एमाले महाधिवेशन फागुन ५-१० मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ नेकपा एमालेको महाधिवेशन आगामी फागुन पहिलो साता हुने भएको छ । उक्त पार्टीको केन्द्रीय कमिटीको बीसौँ बैठकले मुलुकको राजनीतिक जटिलतामा लामो समय अल्भिmनुपरेको र निर्धारित मङ्सिरमा महाधिवेशन गर्न तयारीको काम हुन नसकेको जनाई आठौँ महाधिवेशन फागुन ५ गतेदेखि १० गतेसम्म काठमाडौमा गर्ने निधो गरेको हो ।बैठकले सहाना प्रधान, प्रदीप नेपाल र भीम रावलबाट केही समयअगाडि व्यक्त धारणामाथि गम्भीर आलोचना गर्दै आत्मालोचना गर्न निर्देशन दिएको जनाइएको छ । बैठकले पार्टीका कार्यदिशा, नीति र सिद्धान्त लागु गर्न, पार्टीभित्र अनुशासन पालन गराउन, पार्टी एकता सुदृढ गर्न, आत्मीय बनाउन, पार्टी नीति र निर्णय लागू गर्न र गराउन तथा पार्टीको आन्तरिक जीवनलाई स्वस्थ र सुव्यवस्थित बनाउन पूर्ण मतैक्यताका साथ दृढ अठोट र सङ्कल्प व्यक्त गरेको जनाइएको छ ।बैठकले आगामी कात्तिक मसान्तसम्म अनिवार्यरूपमा सदस्यता नवीकरण गरी सक्नुपर्ने, असोज २८ र २९ गते काठमाडौमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने तथा केन्द्रीय कमिटीको २१औँ बैठक असोज २६ र २७ गते गर्ने निर्णय गरेको छ । उक्त राष्ट्रिय कार्यकर्ता भेलामा आठौ महाधिवेशनको तयारीको व्यवस्थित योजना प्रस्तुत गरिने केन्द्रीय सचिवालयले जनाएको छ ।बैठकले पश्चिमाञ्चल संयोजकमा इश्वर पोखरेल, जनकपुर अञ्चल इन्चार्जमा रघुवीर महासेठ, धौलागिरि अञ्चल इन्चार्जमा रामजी शर्मा, निर्वाचन विभाग र मुस्लिम इत्तेहाद प्रमुखमा उर्मिला अर्याल, बागमती अञ्चल इन्चार्जमा पशुपति चौलागाईं, कृषि विभाग प्रमुखमा शान्ता मानवी, विद्यार्थी फाँट इन्चार्जमा रवीन्द्र श्रेष्ठ, सामाजिक सेवा विभाग प्रमुखमा रघु पन्त, संसदीय विभाग प्रमुखमा सुरेन्द्र पाण्डे, पेसागत विभाग प्रमुखमा विष्णु रिमाल, मुक्ति समाज इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सम्पर्क विभाग प्रमुखमा युवराज कार्की र महिला विभाग प्रमुखमा विद्या भण्डारीलाई तोकेको छ ।

No comments: