News

Sep 11, 2008

पार्टीको दायित्व नयाँ संविधान निर्माणमा बलियो बनाउनु - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका महासचिव झलनाथ खनालले नयाँ संविधान निर्माणमार्फत गणतन्त्रलाई बलियो बनाउनु नेकपा एमाले को प्रमुख दायित्व भएको बताउनुभएको छ । पार्टी मुख्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई नयाँ संविधान निर्माणमार्फत बलियो बनाउनु आफ्नो पार्टीको प्रमुख राजनीतिक दायित्व भएको बताउनुभयो ।विद्यमान परिस्थितिमा नेकपा एमालेले पार्टीको पुननिर्माण, संविधानसभाको सुसञ्चालन र सरकारको सञ्चालनलाई अत्यन्त प्राथमिकताका साथ लिने बैठकले निर्णय गरेको र पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारका लागि महत्वपूर्ण कार्यदल गठन गरिएको उहाँले बताउनुभयो ।पार्टीका केही जिम्मेवार सदस्यहरूले पार्टी नीतिविपरीत दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर बैठकले उहाँहरूलाई आत्मालोचना गर्न निर्देशन दिएको बताउँदै महासचिव खनालले आगामी दिनमा पार्टीभित्रको अनुशासन र एकता कायम गर्दै नीति निर्णयलाई लागु गराउन र पार्टीको आन्तरिक जीवनलाई सुव्यवस्थित बनाउनका लागि पूर्ण मतैक्यताका साथ अघि बढ्ने दृढ अठोट र संकल्प प्रस्ताव सर्वसम्मतरूपमा पारित गरिएको जानकारी दिनुभयो ।

No comments: