News

Sep 11, 2008

प्रहरी निस्क्रियताको विरोधमा उल्टो तस्बिर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरी-प्रशासनको निस्क्रियताको विरोधमा पर्साबाट आज बिहीबार प्रकाशित सबै दैनिक पत्रपत्रिकाले प्रहरी तथा प्रशासन प्रमुखका उल्टो तस्बिर प्रकाशित गरी विरोध जनाएका छन् । सञ्चारगृह तथा सञ्चारकर्मीमाथि भइरहेको आक्रमण विरोधमा आन्दोलित वीरगञ्जका सञ्चारकर्मीले विरोध कार्यक्रमअनुसार उल्टो तस्बिर प्रकाशित गरेका हुन् ।सञ्चारगृह तथा सञ्चारकर्मीमाथि आक्रमण रोक्न स्थानीय प्रशासन उदासीन देखिएको जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी भोला शिवाकोटी, अञ्चल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरीक्षक रमेशशेखर बज्राचार्य र प्रहरी उपरीक्षक योगेश्वर रोमखामीको उल्टो तस्बिर प्रकाशित गरिएको थियो ।

No comments: