News

Sep 10, 2008

लोडसेडिङको समय बढाएर साताको ३७ घण्टासम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लोडसेडिङ समय थप गरेको दुइ साता नबित्दै नेपाल विद्युत् प्राधिकरणले आज बुधबारदेखि पुनः लोडसेडिङको समय बढाएर साताको ३७ घण्टासम्म पुर्याएको छ।यसअघि कोसीको बाढीले टावर ढालेर भारतबाट ६० मेगावाट विजुली आयात बन्द भएपछि प्राधिकरणले सातामा ४ घण्टाका दरले गर्दै आएको लोडसेडिङको समयमा भारी वृद्धि गरी २१ घण्टासम्म पुर्याएको थियो।नयाँ तालिकाअनुसार तीन क्षेत्र निर्धारण गरेर प्राधिकरणले विद्युत् आपूर्ति कटौती गरेको छ, जसअनुसार सिरहाको लहानदेखि पूर्वमा साताको ३७ घण्टा विद्युत् आपूर्ति कटौती हुने भएको छ।लहानदेखि लमहीसम्म पोखरा, काठमाडौं उपत्यकालगायतका क्षेत्रमा सातामा ३१ घण्टा लोडेडिङ हुनेछ। यस्तै हेटौंडा वीरगन्ज क्षेत्रमा ३५ घण्टासम्म विद्यूत् आपूर्ति कटौती हुने प्राधिकरणले जनाएको छ। लमहीदेखि पश्चिममा टनकपुरबाट विजुली आपूर्ति भइरहेकाले नपुग जति स्थानीयस्तरमा लोडसेडिङ गर्ने प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो।भारतबाट ६० मेगावाट विजुली आयात बन्द भएपछि गरिएको लोडसेडिङ प्रभावहीन भई साँझमा माग बढ्न गएकाले लोडसेडिङको समय थप्नुपरेको भनाइ भाटको छ।यस्तै कुलेखानी जलासयमा पानीको सहत बढ्न नसकेको तथा एउटा युनिटमा समस्या देखिएका कारण लोडसेडिङ थप्नुपरेको हो। दुहवी-कटैया प्रसारण लाइन मर्मतको पूर्वतयारी भइरहेको र कोसीमा जलस्तर घट्नासाथ काम शुरू हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले र्सार्वजनिक गरेको नयाँ तालिकाअनुसार सातै दिन लोडसेडिङ दिनको दुइ पटक विद्युत् आपूर्ति कटौती हुनेछ।

No comments: