News

Sep 11, 2008

साउदी अरेवियास्थित आममाफीमा करिब ५० नेपाली पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउदी अरेविया सरकारले खाडी राष्ट्रमा कामको सिलसिलामा विभिन्न कारणले जेल परेका ५० नेपालीलाई आममाफी दिने घोषणा गरेको छ । साउदी अरेवियास्थित नेपाली राजदूतावासका अनुसार मुस्लिम धर्मावलम्बीहरूको महान चाड रमजानको अवसर पारेर बढीमा एक वर्ष जेल सजाय भोगिरहेकामध्ये नौ महिना पूरा गरेका विदेशी नागरिकलाई आममाफी दिन लागेको हो ।साउदीस्थित अलहासाका जेलका ३२ मध्ये २२ नेपाली आममाफीमा तत्काल परेका र बाँकी अरू थुनामा रहेका बारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार आममाफीमा करिब ५० नेपाली पर्ने बताइएको छ । यसरी जेल पर्ने नेपालीहरू सामान्य ट्राफिक दुर्घटनामा प्रहरी र प्रशासनसामु बोल्न नसकेकाले थुनामा पर्ने गरेको कुरा दूतावासका कर्मचारीले बताएका छन् भने नक्कली परिचयपत्र र कागजात अभियोगमा थुनिने पनि प्रशस्त छन् ।नेपाली राजदूतावासले रमजान पर्वको मुखमा गत अगस्त अन्तिम साता साउदीका दमाम, अलहासा, सकागा र अरार क्षेत्रमा रहेका जेलहरूको भ्रमण गरेको थियो । जेल भ्रमणमा गएका दूतावासका तृतीय सचिव पुष्प भट्टराइका अनुसार करिब १०० नेपाली घरफिर्तीका निम्ति सामान्य कागजात वा प्रक्रियाको पर्खाइमा रहेका छन् ।

No comments: