News

Sep 16, 2008

प्रहरीद्वारा टहरा भत्काइएको भोलिपल्टै टहरा निर्माण गराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीद्वारा निजी जग्गा र घर कब्जामा लिई टहरा बनाएकोमा प्रहरीद्वारा टहरा भत्काइएको भोलिपल्टै हिजो सोमबार भूमिसुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादव सिरहा गएर टहरा निर्माण गराएका छन्।सिरहाको रामनगर मिर्चैया गाविसस्थित ११ बिघा जमिन र एकतले घर माओवादीले कब्जामा लिई टहरा बनाएपछि प्रहरीले गत आइतबार टहरा भत्काएको थियो। तर मन्त्री यादव सोमबार त्यहाँ पुगेर टहरा बनाउने कामको नेतृत्व गरेका हुन्।उनले टहरा निर्माण गर्नुअघि एक पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय दलित र सुकुम्बासीका लागि निर्माण गरिएको टहरा निर्माण कार्यमा जोसुकैले अवरोध सिर्जना गरे पनि त्यसको कडा प्रतिवाद गरिने बताए।मन्त्री यादवले प्रधानमन्त्री प्रचण्डले त्यस विषयमा हस्तक्षेप गर्न खोजे मन्त्री र पार्टी समेत राजीनामा दिने बताए। गृहमन्त्रीको आदेशमा टहरा भत्काइएकोमा त्यसको कडा आलोचना गर्दै मन्त्री यादवले सुकुम्बासीले गृहमन्त्रीको आदेश नमान्ने बताएका थिए। उनले भने- त्यस ठाउँमा कुनै हालतमा टहरा बनाएरै छोड्छौं।’वीरेन्द्र शाहको उक्त घरजग्गा माओवादीले कब्जा गरेको विरोधमा अर्को सत्तँरूढ घटक मधेसी जनअधिकार फोरमले भदौ १९ गतेदेखि चक्काजाम गर्दै आएकोमा आइतबार प्रहरीले टहरा भत्काएपछि चक्काजाम फिर्ता लिएको थियो।

No comments: