News

Sep 12, 2008

संशोधनका लागि विभिन्न १६ वटा दलहरुले प्रस्ताव पेस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालको पहिलो सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि संशोधन गर्नका लागि विभिन्न १६ वटा दलहरुले प्रस्ताव पेस गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका १६ वटा दल अनि स्वतन्त्र सभासदहरुले समेत संशोधन प्रस्ताव पेस गरेका हुन् ।प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको छ । उसले त्यसमा अधिनायकवादी गन्ध आएको आरोप समेत लगाएको छ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि आज शुक्रबारबाट संसदमा छलफल सुरु हुँदैछ ।

No comments: