News

Feb 2, 2009

बुसमाथि जुत्ताको झटारो प्रतिमालाई इराकी प्रहरीले भत्कायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

बग्दाद/ पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि जुत्ताको झटारो हान्ने इराकी पत्रकार मुन्तादार अल जैदीको सम्मानमा राखिएको एक प्रतिमालाई इराकी प्रहरीले टुक्रा-टुक्रा पारी भत्काएको छ । सद्दाम हुसेनको गृहनगर टिक्रिटको एक अनाथालयमा रहेको सोफाजत्रै आकृतिको जुत्तालाई प्रहरीले भत्काएको हो । तामाको जस्तो रङ भएको उक्त प्रतिमाका अवशेषहरू आइतबारदेखि स्थानीय केटाकेटीको खेलौना बन्न पुगेको छ । यस प्रतिमालाई गत हप्ता अनावरण गरिएको थियो ।इराकी सरकारद्वारा सञ्चालित अनाथालयमा राजनीतिक पूर्वाग्रह रहने चीजवस्तु रहन नहुने तर्क अघि सार्दै प्रहरीले त्यसलाई हटाउनुपर्ने माग राख्दै आएको थियो । गत वर्ष डिसेम्बर १४ मा बग्दादमा एउटा पत्रकार-सम्मेलन भइरहँदा जैदीले बुसमाथि जुत्ता बर्साएका थिए ।

No comments: