News

Feb 8, 2009

रिपोर्टर्स क्लब अध्यक्षलाई फसाएको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलालाई षड्यन्त्रपूर्ण रुपमा फसाएर गिरफ्तार गरिएको पत्रकार संघसंस्थाका प्रतिनिधिले आरोप लगाएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल, साप्ताहिक पाक्षिक राष्ट्रिय सञ्जाल, नेपाल पत्रकार महासंघका प्रतिनिधिले यस्तो आरोप लगाएका हुन् ।पत्रकार धमलाको गिरफ्तारीको निन्दा गर्द उनीहरुले राज्यको चौथो अंगका रुपमा स्थापित प्रेसजगत्लाई आतंकित र हतोत्साहित नतुल्याउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । प्रेसमाथिको आक्रमण शृङ्खलाबद्ध रुपमा अघि बढिरहेको र प्रेस अभिव्यक्तिसम्बन्धी अन्तरराष्ट्रिय मिसन टोलीको मुलुकमा भ्रमण भइरहेको अवस्थामा राजधानीबाटै एक सक्रिय पत्रकार गिरफ्तारीमा पर्नु आश्चर्यजनक विषय भएको उल्लेख गर्दै धमलालाई ससम्मान मुक्त गर्न सरकारसँग आग्रह पनि गर्नुभयो ।पत्रकार महासंघका कोषाध्यक्ष रमेश विष्ट, चौतारीका अध्यक्ष शम्भु श्रेष्ठ, सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी र महासंघ एसोसियट केन्द्रीय सदस्य शरदराज गौतमले विनापूर्वाग्रह धमलाको रिहाइको माग गरे ।

No comments: