लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ जनवरी, २०१०,कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको लामो प्रयासपछि गठन गरिएको उच्च स्तरीय राजनीतिक संयन्त्र थप विवादको घेरामा पर्ने राजनीतिक विश्लेषणहरु सुरु भएका छन् । कोइरालाकै जिद्धिका कारण गठन भएको संयन्त्रको कार्यविधि कै टुंगो नभएका कारण संयन्त्रवाट राजनीतिक निकास निष्कनेमा पनि आशंका सुरु भइसकेको छ ।तीन दलका शिर्ष नेताहरुबीच गठन भएको संयन्त्रलाई तीनै दलका दोस्रोपुस्ताका नेताहरुले हल्का रुपमा लिएका छन् । एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले नेताहरुको मानकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको बताए। उनले भने- यो संयन्त्र मानको खातिर हो, सरकार ढाल्ने र बचाउने दुबै पक्ष संयन्त्रमा बसेर कसरी काम हुन्छ ?
संयन्त्र गठनपछि नै माओवादी अध्यक्ष प्रचण्डले विराटनगर पुगेर आन्दोलनलाई निरन्तरता दिने घोषणा गर्नुले पनि संयन्त्रको भविष्य अन्यौलमा परेको छ । कांग्रेकै कतिपय नेताहरु संयन्त्रकै विपक्षमा देखिएका छन् । एमाले र माओवादीका नेताहरु पनि संयन्त्र निर्माणले सरकार धरापमा परेको बताउन थालेका छन् । दलहरुभित्रै देखिएको विवादकावीच गठन भएको राजनैतिक संयन्त्रका विषयमा संयन्त्रमा सहभागि दलहरुनै स्पष्ट नभएका कारण यसको भविष्यका विषयमा अहिले नै आशंका पैदा भएको राजनीतिक विष्लेशक सिके लालले बताए । कार्यविधि नै तयनगरी संयन्त्र निर्माण गर्नुले कोइराला फेरी नेता बन्ने प्रतिस्पर्धामा लागेको एक कांग्रेसी नेताले आरोप लगाएका छन् । कोइराला निकट नेताहरुले भने संविधान र शान्ति प्रकृयालाइ निष्कर्षमा पुराउने बाहेक कोइरालाको कुनै स्वार्थ नरहेको दाबी गरेका छन् । यद्यपी संयन्त्र निर्माणमा सहभागि नेताहरुले भने संयन्त्रले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुको साथै संबिधान निर्माणको दायीत्व पूरा गर्ने बताएका छन् । तीनदलबीच महत्वपूर्ण खाका तय नभएसम्म संयन्त्र बन्दैमा सहमित हुने सम्भावना भने अत्यन्त कम रहेको देखिन्छ ।

No comments:
Post a Comment