News

Jan 8, 2010

कार्यकर्ताको हत्याको विरोधमा हड्ताल गरिंदा सर्वसाधारण प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ जनवरी, २०१०,पुस २४ ,राष्ट्रिय मानवअधिकार आयोगले बारामा आफ्ना कार्यकर्ताको हत्याको विरोधमा एकीकृत माओवादीले बारा, पर्सा र रौतहट जिल्लाहरूमा अनिश्चितकालीन हड्ताल गरिंदा लाखौं सर्वसाधारणको आवागमन तथा पेसाव्यवसाय गर्न पाउने अधिकार प्रभावित भएकाले संवाद र सहकार्यबाट घटनाको टुङ्गो लगाउन आग्रह गरेको छ। राजनीतिमा आपराधिकरण तथा अपराधमा राजनीतिकरण हुने परिपाटीलाई अन्त्य गर्न तत्काल पहल थाल्न आयोगले नेपाल सरकार, राजनीतिक दल तथा सम्बन्धित सबैलाई अनुरोध गरेको छ।बाराको गञ्जभवानीपुरमा पुस २२ गते राती गोली प्रहारबाट एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताहरू मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै राष्ट्रिय मानवअधिकार आयोगले हत्यामा संलग्न दोषीहरूलाई पक्राउ गरी अबिलम्ब कानुनी कारबाही गर्न तथा घटनाका घाइतेहरूको प्रभावकारी उपचार र पीडित परिवारलाई राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

No comments: