News

Jan 8, 2010

संघीयताविरोधीहरूविरुद्ध भण्डाफोर शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीयताविरुद्धमा शुरू भएका बहस र कार्यक्रमहरूको भण्डाफोर गर्न नेवाः स्वायत्त राज्य जागरण अभियानले राजधानीमा प्रचारात्मक कार्यक्रम शुरू गरेको छ।संघीयताको विरोध गर्दै जनमोर्चा नेपालले पुस २६ गते उपत्यका बन्दको आव्हान गरेको पूर्वसन्ध्यामा नेवाः स्वायत्त राज्य जागरण अभियानल बिहीबार राजधानीमा कोणसभा तथा र्याली प्रस्तुत गरेको थियो।कोणसभालाई नेपाल भाषा मंका खलःका सचिव नरेशवीर शाक्य, नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्य, नेवाः देय दवूका अध्यक्ष नरेश ताम्राकार, नेवाः मुक्ति मोर्चाका महेश स्थापितलगायतले सम्बोधन गरेका थिए। यी संस्थाले संघीयताविरोधीहरूको भण्डाफोर अभियान जारी रहने बताएका छन्। व्यवसायीको समूहले १७ जनालाई आफनो उम्मेदवार बनाएको छ।

No comments: