लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ जनवरी, २०१० ,तीन दिने नेपाल भ्रमणपछि स्वदेश फर्किएका भारतीय विदेश मन्त्री एसएम कृष्णाले नेपाल भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । उनले नेपालसँग भएका सहमती तथा सम्झौताबाट आफू सन्तुष्ट रहेको समेत बताए। स्वदेश फर्कनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कृष्णाले भारतले नेपालसँगको सम्बन्ध सधै सुमधुर राख्ने समेत बताउनुभयो । भारतसँग भएका सन्धि सम्झौताहरु असमान भएको भन्दै भारत विरोधी आन्दोलनमा रहेका माओवादीसँगसमेत अन्य दलसँग जस्तै सम्बन्ध विस्तार गर्न आफूहरु तयार रहेको समेत जानकारी दिनु भयो । मन्त्री कृष्णाले माओवादीहरु पनि सहमतिमा आउने विश्वास गर्नुभयो ।माओवादी अध्यक्ष दाहालले पनि मन्त्री कृष्णासँगको भेटपछि भारत आफूहरुप्रति सकारात्क रहेको विश्वास व्यक्त गरेका थिए । तीन दिने बसाईका क्रममा उहाँले राष्ट्रपति डा रामवरण यादव प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री सुजाता कोइराला विभिन्न मन्त्रीहरु लगायतकासँग भेटवार्ता गरी नेपालको शान्ति प्रक्रियाको बारेमा छलफल गरेका थिए । उनले भारत नेपाललाई सहयोग गर्न सधै तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे । कृष्णा स्वदेश फर्कर्नु अघि जारी संयुक्त प्रेस विज्ञप्तिकाअनुसार मन्त्री कृष्णाको भ्रमण नेपालको शान्ति विकास र सहयोग आदान प्रदानमा महत्वपूर्ण सावित भएको बताईएको छ । विज्ञप्तिमा नेपाल र भारत बीच भएका विभिन्न सहमतीहरुको पुनरावलोकन र कार्यान्वयनमा कृष्णाको भ्रमणले महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ । यसैबीच माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालका गठबन्धन सरकार र भारत, सेना समायोजनको विरुद्धमा लागेर शान्ति प्रक्रिया विथोल्ने प्रयासमा रहेको दबी गरेका छन् ।
खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजित प्रथम खोटाङ युवा महोत्सवको समापन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भारतीय विदेशमन्त्रीसँगको भेटले वार्ताको वातावरण बनेपनि आन्दोलन भने नरोकिने बताए । उनले सरकारमा सहभागी दल, तिनका मन्त्रीहरूको भनाइ र भारतको सुरक्षा प्रमुखको भनाइ मिल्नु 'कागताली' नभएको ठोकुवा गरे । नागरिक सर्वोच्चताको कार्यान्वयनमा भारत जस्ता मुलुकले नेपालको राजनीतिमा हस्तक्षेप गरी नेपाललाई अघि बढ्न नदिएकाले राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको उनले बताए । वर्तमान सरकार भारतको एजेन्ट भएकाले राष्ट्रिय स्वाधीनता र नागरिक सर्बोच्चताका लागि देशभर अन्तरक्रिया तथा छलफल मार्फत आन्दोलनको थालनी गरेको दाहालले बताए । समापन समारोह करिब आधा घण्टा जतिको मन्तब्यमा अध्यक्ष दाहालले धेरै जसो समय भारत र नेपाल सरकारविरुद्ध खर्चिए । विज्ञप्तिमा दुई देश विचको सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण र आतंकबाद उन्मूलन गर्नकालागी दुबै पक्ष गम्भीर हुनुपर्ने आवाश्यता औल्याईएको छ । त्यसैगरी सन् १९५० को शान्ति र मैत्री सन्धि पुनरावलोकनका लागी मन्त्रालयका सचिवहरुलाई निर्देशन दिईसकेको उल्लेख छ । विज्ञप्तिमा दुई देशविच सम्बन्ध सुधारका लागि संयन्त्र बनाएर अगाडी बढ्ने सहमती भएको उल्लेख गरिएको छ । भारत सरकारले नेपालको आर्थिक सामाजिक भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

No comments:
Post a Comment