News

Jan 18, 2010

एल साल्भाडोरका राष्ट्रपतिले औपचारकि रूपमै माफी मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सान/ एल साल्भाडोरका राष्ट्रपतिले मुलुकको गृहयुद्धका वेला तत्कालीन सरकारले गरेको ज्यादतीका लागि माफी मागेका छन् । १९९२ मा द्वन्द्व सकिएपछि राष्ट्राध्यक्षका तर्फबाट पहिलोपल्ट राष्ट्रपति मौरिसीयो फ्युनसले औपचारकि रूपमै माफी मागेका हुन् । उनले त्यतिवेला मुलुकमा शासन गरेका दक्षिणपन्थीले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् । उनीहरूले संवैधानिक व्यवस्थाको पनि उल्लंघन गरेको पनि राष्ट्रपतिले बताए । 'एल साल्भाडोर राज्यका तर्फबाट म क्षमादानका लागि आग्रह गर्छु,' राष्ट्रपतिले द्वन्द्व समाप्तिको अठारौँ वाषिर्कोत्सवका अवसरमा भने । द्वन्द्व समाप्तिपछि पहिलोपल्ट राष्ट्रपतिका मुखबाट निस्केका यी शब्दलाई द्वन्द्वमा मरेका पौने एक लाख मानिसका परविारले स्वागत गरेका छन् ।पहिलेको विद्रोही अभियान सञ्चालन गरेको माक्र्सवादी पार्टी एफएनएलएनको प्रतिनिधित्व गर्ने राष्ट्रपति फ्युनसले युद्धकालमा विद्रोहीका तर्फबाट गरएिका ज्यादतीका लागिचाहिँ क्षमायाचना नगरेकोमा भने उनको आलोचना भएको छ ।

No comments: