लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ जनवरी, २०१०,चितवनस्थित तेस्रो डिभिजनबाट अयोग्य घोषणा गरिएका २५८ जना लडाकुहरु आज शिविरबाट बाहिरिएका छन् । अयोग्य लडाकूको विदाईको बिहान १० बजेबाट सुरु भएर दिउँसो २ बजे सम्पन्न भएको बताइएको छ । अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका चितवनको जुटपानीस्थित माओवादी लडाकूको तेस्रो डिभिजनमा रहेका लडाकूहरु आज शिविरबाहिर निकाल्नका लागि केही दिन अगाडिदेखि तयारी गरिएको थियो । सिन्धुलीको दुधौली शिविरमा रहेका अयोग्य लडाकूहरुलाई २३ पुसमा विदाइ गरेर सुरु गरिएको अयोग्य लडाकू बहिर्गमन प्रक्रिया चितवनको शक्तिखोर शिविरमा भएको हो ।
अनमिनले उक्त शिविरमा पाँच सय ८६ जना माओवादी लडाकूहरुलाई अयोग्य ठहर्याइएको भए पनि आज २५८ जनामात्र विदाई भएका छन् । विदाइ गर्नुअघि शनिबार अनमिनले अयोग्य लडाकूहरुको पुनः प्रमाणीकरण र परिचयपत्र वितरण गरेको छ । आइतबार विदाई हुने लडाकूमध्ये ८२ जना महिला छन् । तीमध्ये १० महिला बच्चाका आमा छन् । शिविरमा रहेका ६ हजार लडाकूमध्ये २०६४ असारमा भएको दोस्रो चरणको प्रमाणीकरणमा पाँच सय ८६ लडाकू अयोग्य प्रमाणित भएको थिए । विदाइअघि पूर्व लडाकूहरुलाई तेस्रो डिभिजन अन्तर्गतका पाँचवटा बिग्रेडबाट शक्तिखोरमा जम्मा गरिएको छ ।

No comments:
Post a Comment