News

Jul 5, 2010

संविधानसभाका कर्मचारीहरूले ब्रम्हलुट मच्चाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माण गर्न नसकेर आलोचित भएको संविधानसभाका कर्मचारीहरूले भने आर्थिक अनियमितताको सीमा नै पार गरेर ब्रम्हलुट मच्चाएका छन्। सर्वत्रको अनियमितता हेर्ने सार्वजनिक लेखा समिति संसद्भित्रकै ब्रम्हलुटमा भने मौन रहेको छ। ब्रम्हलुटको शृंखलामा महासचिव मनोहरप्रसाद भट्टर्राईदेखि सामान्य पियनसम्म नै सामेल पाइएका छन्।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सम्पूर्ण प्रशासनिक कामको जिम्मेवारी महासचिव भट्टर्राईलाई दिएको र अध्यक्ष नेम्वाङको ध्यान संविधान निर्माणमा भन्दा अन्यत्र नगएका कारण पनि ब्रम्हलुट बढेको केही कर्मचारीहरूले जानकारी दिए।संविधानसभा सचिवालयले यस वर्षा लागि खाना र खाजाका लागि ५ करोड रुपिया बजेट विनियोजन गरेकोमा त्यसले नपुगेर अहिले थप २ करोड रुपियाको माग गरिएको छ। संविधानसभा सचिवालयमा काम गर्ने प्रतिकर्मचारीलाई दैनिक खाना र खाजा भनेर २ सय ७५ र खाजा शीर्षकमा छुट्टै ३५ रुपिया दिए पनि विभिन्न समितिमा रहेका कर्मचारीहरूले खाना र खाजाको पैसा समितिको नाममा राखेर पैसा कमाउने गरेका छन् भने कतिपय समितिका उच्च पदस्थ कर्मचारीहरूले बेलुकीको घरको खानासमेत संविधानसभा परिसरमा रहेको क्यान्टिनबाट समितिको नाममा लेखाएर लाने गरेका छन्।संविधानसभाका महासचिव भट्टर्राईले अहिले पनि संसद्का चारवटा गाडी आŠना लागि लिएका छन्। अधिकांश कर्मचारी संसद्को गाडीबाट आउने जाने गरे पनि संसद्को सवारीसाधन र इन्धनसमेत लिइराखेका छन्। महासचिव भट्टर्राईले अहिले बा१झ ३५८३ नम्बर को हुन्डाइ कार, बा१झ ५५२४ नम्बर को मित्सुबिसी कार, एक स्कारपीओ जिप र इस्कोडा कार प्रयोग गरिरहेका छन्। संसद्मा अहिले खरदारसमेतलाई मोटरसाइकल दिइएको छ। तर, उनीहरू मोटरसाइकल थन्क्याएर संसद्को बसमा यात्रा गर्ने गर्छन्। सचिवालयबाट मोटरसाइकलको इन्धन र मर्मत खर्च भने उनीहरूले लिने गरेका छन्। संसद्मा अहिले ८ वटा बस रहेकोमा कर्मचारी ओसारपसारमा २ वटा बस प्रयोगमा आएका छन्। तर, तेल, मर्मतखर्च भने सबै बसको देखाउने गरिएको छ।आर्थिक वर्षो समाप्तिसंगै कर्मचारीहरूको ब्रम्हलुट बढेको हो। सचिवालयमा आवश्यक सबै सामग्री यथेष्ट भएको र कतिपय सामग्रीको त राख्ने ठाउ समेत नभएको बेलामा कमिसनको चक्करमा सामान खरिद गर्ने क्रम भने रोकिएको छैन। संविधानसभाको प्रयोजनका लागि ल्याइएका धेरै सामग्री र स्टेसनरीका सामानहरू अहिले संसद्का उच्च पदस्थ कर्मचारीको घरमा पुगेका छन्।

No comments: